राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्दै राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक जारी रहेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार बैठक समसामयिक राजनीतिक परिस्थिति र राष्ट्रपति निर्वाचनमा राप्रपाको धारणा के हुने भन्ने विषयमा केन्द्रीत रहेको छ । राप्रपाभित्र राष्ट्रपति निर्वाचनमा मतदान गर्ने या नगर्ने भन्ने विवाद छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार