कमल थापाले गरे राष्ट्रपति भण्डारीको प्रशंसा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रपति विद्यादेवी भण्डारीको प्रशंसा गरेका छन्। बुधबार सामाजिकसञ्जाल मार्फत थापाले राष्ट्रहित विपरीतका विषयमा अडानको लिएकै कारण राष्ट्रपति भण्डारी सधै अविस्मरणीय रहने बताएका हुन् ।

‘नेपालको इतिहासमा पहिलो महिला राष्ट्रप्रमुख हुने गौरव पाएकी विद्यादेवी भण्डारी फागुन २९ मा निवृत्त हुनुहुनेछ’ उनले फेसबुकमा लेखेका छन्, ‘आलोचना सबैको हुन्छ। तर, राष्ट्रहित विपरीतको नागरिकता विधेयक र गम्भीर अपराधमा संलग्नलाई उन्मुक्ति दिने अध्यादेशमा लिनुभएको अडानको कारण सदैव अविस्मरणीय रहनुहुनेछ।’

उनले आलोचना सबैको हुने उल्लेख गर्दै नागरिकता विधेयक र गम्भीर अपराधमा संलग्नलाई उन्मुक्ति दिने अध्यादेशमा रोकेकोप्रति आभार व्यक्त गरेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार