बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, विप्लव र प्रकाण्डबीच छलफल

'राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल र समीक्षा'

काठमाडौ : प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव नेत्रविक्रमचन्द विप्लवबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान प्रचण्ड र विप्लवबीच भेटवार्ता भएको हो। भेटमा पछिल्लो विकसित देशको राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल र समीक्षा भएको विप्लवको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार विप्लवले बिगतमा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिअनुसार सरकारले राजनीतिक आस्थाका बन्दीहरूको रिहाइ र मुद्दा खारेजी गर्नुपर्ने धारणा राखेका थिए।

प्रधानमन्त्री प्रचण्डले तीन बुँदे सहमति अनुसार कामहरू अगाडि बढाउने जवाफ दिएको सचिवालयले जनाएको छ। भेटमा नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसमेत थिए। अदातलमा माओवादी अध्यक्ष प्रचण्डविरुद्ध मुद्दा दर्ता भएपछि माओवादी घटकको निकटता बढ्दै गएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार