सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं –नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ।

मंगलबार सुनको मूल्य १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य ४० रुपैयाँले घटेर प्रति तोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार