रवि लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । सर्वोच्चअदालतले मंगलबार पूर्णपाठ सार्वजनिक गरेको हो ।

सर्वोच्च अदालतको गत माघ १३ गते नेपाली नागरिकताको पुनर्प्राप्तीको प्रक्रिया नभएको भन्दै उम्मेदवारी खारेज गरेपछि लामिछानेको सांसद पद गुमेको थियो ।

सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले फैसला गरेको थियो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार