‘ए’ डिभिजन लिग : चर्च ब्वाइज शीर्ष स्थानमा

काठमाडौं – एफसी खुमलटारलाई हराउँदै चर्च ब्वाइज फुटबल क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ।  एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार भएको खेलमा खुमलटारमाथि ३–१ को जित निकाल्दै चर्च ब्वाइज ६ अंकसहित लिगको शीर्ष स्थानमा उक्लिएको हो।

चर्च ब्वाइजको जितमा आशिष चापागाईंले २ र एरिक बिष्टले १ गोल गरे। खुमलटारका लागि मेसुके ओलामाओले सान्त्वना गोल फर्काए। मंगलबार नै भएको अर्को खेलमा थ्री स्टार र फ्रेन्ड्सले बराबरी खेल्दै अंक बाँडेका छन्। च्यासल मैदानमा भएको खेलमा दुवै टोलीले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार