चार ट्याङ्कर डिजेलमा मट्टितेल मिसाएको प्रमाणित

'थप परीक्षणका लागि भारत पठाइने'

काठमाडौँ – ८० हजार लिटर डिजेलमा मट्टितेल मिसावट पुष्टि भए पछि थप परीक्षणका लागि भारत पठाइने भएको छ।नेपाल आयल निगमको केन्द्रीय ल्याबमा नमुना परीक्षण गर्दा मट्टितेल मिसावट भएको प्रमाणित भएको तर ती टयाङकरहरुमा कति मात्रामा मट्टितेल  मिसावट भएको भन्ने निश्चित नभएपछि थप परीक्षणका लागि नमुना भारत पठाउने लागिएको हो ।

गत फागुन १३ गते भारतको सिलिगुडीबाट झापाको चारआली डिपोमा ल्याइएको ४ वटा ट्यांकरमा सो मिसावट पाइएको हो । जसअनुसार मे १ ख २१४९,  मे १ ख २१५१, ना ७ ख १५०७ र ना ७ ख ६९७४ नम्बरको ट्यांकरमा ल्याइएको कुल ८० हजार लिटर डिजेलमा मटितेल मिसावट भएको प्रमाणित भएको हो ।

सो बारेमा अध्ययन गर्न गठित छानबिन समितिले पनि झापाबाट काठमाडौँको केन्द्रीय ल्याबमा परीक्षणका लागि ल्याइएको डिजेलको नमुना परीक्षण गर्दा मट्टितेल मिसावट गरिएको प्रमाणीकरण गरेर प्रतिवेदन पनि बुझाई सकेको छ । समितिले सिफारिस गरे अनुसार मात्र निर्क्योल गर्न नसक्दा नमुना संकलन गरेर भारत लैजान लागिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार