एनएमबि बैंकद्धारा ९ वटा सामुदायिक विधालयमा १०० वटा डस्टबीन बितरण

एनएमबि बैङ्क लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत झापाको धुलाबारीमा १०० वटा डस्टबीन वितरण गरेको छ । उक्त सहयोग सो समुदायको विद्यालयको सरसफाइ तथा विद्यार्थीलाई फोहोर व्यवस्थापनको बानी बसाल्ने उद्देश्यका साथ त्यस क्षेत्रका ९ वटा साना तथा ठुला सामुदायिक विद्यालयमा वितरण गरिएको हो । उक्त कार्यक्रमलाई धुलाबारी खानेपानी उपभोक्ता संस्थाले सहजीकरण गरेको थियो ।

सो कार्यक्रममा बैंकको तर्फबाट एरिया प्रमुख नरेन्द्र सुवेदी, सिनियर बिजनेस म्यानेजर प्रमोद शर्मा र धुलाबारी शाखा प्रबन्धक  भरत शर्मा खरेलसहित खानेपानी कार्यालयबाट अध्यक्ष  अजय घिमिरे लगायत अन्य पदाधिकारीको समेत उपस्थिति थियो ।

एनएमबि बैङ्क विगत २६ वर्ष देखी अनवरत रूपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैङ्कबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैङ्कले दि फिनान्सियल टाईम्स, लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैङ्कको उपाधि ‘बैङ्क अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैङ्क हो । एनएमबि बैङ्कले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैङ्कको उपाधि ‘बैङ्क अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।

एनएमबि बैङ्कले हाल देशभरि २०१ शाखाहरू, १३८ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार