सोमपालले दिलाए नेपाललाई पहिलो ओभरमै सफलता

काठमाण्डौ – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईविरुद्धको खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ । सोमपालले खेलको दोस्रो बलमा नै युएईका मोहम्मद वासेमलाई आउट गराएका हुन् ।

यसअघि नेपालले युएईलाई २ सय ३० रनको लक्ष्य दिएको थियो । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर रन बनायो । ६८ रन बनाउँदा ५ विकेट गुमाएको अवस्थामा मध्यक्रमका ब्याटरले उत्कृष्ट ब्याटिङ गरेका थिए ।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ७० रन बनाए । यस्तै आरिफ शेख ४३, कुशल मल्लले ३२ र सन्दीप लामिछानेले २७ रन बनाए । बलिङतर्फ जुनैद सिद्दिकीले ३ तथा रोहन मुस्तफा र आर्यन लार्काले २र२ विकेट लिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार