यूएईविरुद्ध भीम सार्कीको महत्वपूर्ण अर्धसतक

काठमाडौँ – आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत खराब सुरूआत गरेको नेपाललका लागि भीम सार्कीले उत्कृष्ट प्रदर्शन गर्दै अर्धसतक बनाएर आउट भएका छन्।

पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका सार्कीले ९९ बल खेल्दै ७ चौकासहित ७० रन बनाएर आउट भए।उनी ४३ औं ओभरको तेस्रो बलमा रोहन मुस्ताफाको बलमा बोल्ड भए।

६८ रनमा ५ विकेट गुमाएर खराब प्रदर्शन गरिरहेको नेपालका लागि भीम सार्की र सन्दीप लामिछानेले ५६ रनको साझेदारी गर्दै नेपालको १०० रन पार गराएका थिए। तर ३२ औं ओभरको दोस्रो बलमा लामिछाने व्यक्तिगत २७ रनमा क्याचआउट भए। उनले ४० बल खेल्दै १ चौका हिर्काए।

त्यसपछि सार्कीले आरिफ शेखसँग ५६ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक स्कोरमा पुर्‍याए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार