थापाथली घटना : नगर प्रहरीमाथि आक्रमण गरेको आरोपमा दुई जना पक्राउ

'आक्रमणमा संलग्न अन्यको खोजी कार्य जारी'

काठमाडौँ – काठमाडौं महानगरपालिका नगर प्रहरी प्रमुख राजु पाण्डेमाथि आक्रमण गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले दुई जनालाई बिहीबार पक्राउ गरेको प्रवक्‍ता एवं एसपी सीताराम रिजालले जानकारी दिए।

गत मंसिर १२ गते थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन जाँदा पाण्डेलगायत महानगर प्रहरीमाथि आक्रमण भएको थियो। पाण्डेको टाउकोमा चोट लागेको थियो। अन्य प्रहरी पनि घाइते भएका थिए।

त्यस घटनामा संलग्न नारायण परिश्रमी र हुकुमबहादुर लामालाई पक्राउ गरेको हो। परिश्रमीलाई प्रहरीले सुनसरी र लामालाई शंखमुलबाट पक्राउ गरेको हो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार