पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

काठमाडौं । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन भएको छ । ७८ वर्षीय मुसर्रफ एमलोइडोसिस् रोगबाट पीडित थिए । केही दिनयता अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

पाकिस्तानका पूर्व सेनाप्रमुखसमेत रहेका मुसर्रफको निधनमा सेनाले पनि समवेदना दिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

सैनिक कूमार्फत परवेजले सन् १९९९ मा सासनसत्ता हातमा लिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार