हवाई सुरक्षा सम्बन्धी प्राधिकरणको ६ बुँदे निर्देशन

हवाई सुरक्षाका लागि नेपाल नागरिक उड्डयान प्राधिकरण (क्यान) ६ बुँदे निर्देशन दिएको छ ।

शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै क्यानले प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले हवाई यातायात सेवालाई सुरक्षित, भरपर्दो, मर्यादित तथा अनुशासित बनाउने र हवाई सेवा प्रदायक निकायको सेवा सञ्चालन प्रतिको व्यवसायिक जिम्मेवारी तथा जवाफदेहितालाई अभिवृद्धि गर्ने उद्देश्यले प्राधिकरणले ६ बुँदे निर्देशन दिएको जानकारी गराएका छन् ।

विज्ञप्तिमा क्यानले हेलिकप्टरबाहेक अन्य वायुयानले भीएफआर फ्लाइट गर्दा विमानस्थलमा जमिनको सतहबाट कम्तीमा पाँच सयदेखि एक हजार फिटको उचाई अनिवार्य कायम गर्नुपर्ने उल्लेख गरिएको छ ।

त्यसैगरी  वायुसेवा कम्पनीमा उडान गर्ने प्रशिक्षक पाइलटले वायुयान निर्माता कम्पनीको वा सो कम्पनीबाट सिफारिस प्राप्त संस्थाबाट अनिवार्य चेक गर्नुपर्ने उल्लेख गरेको छ ।

विज्ञप्तिमा प्राधिकरणको निर्णय जस्ताको तस्तै : 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार