सत्ता समीकरण फेरबदल हुँदैन : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल सत्ता समीकरण फेरबदल नहुने बताएका छन् । बिहीबार नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नदिनेसमेत बताएका छन् ।

उनले भने, ‘‘राजनीतिक समीकरण फेरबदल हुँदैन। राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनु हुँदैन मैले बुझेसम्म,बाहिर निस्कने निर्णय गर्दैन।’’

उनले बाहिर आएजस्तो राजनीतिक समीकरण फेरबदल नहुने स्पष्ट पारे । आज बस्ने भनिएको माओवादी केन्द्रको स्थायी समिति बैठक शुक्रबारका लागि सरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार