सरकारबाट बाहिरिने रास्वपाको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने तयारी गरेको छ ।यसका लागि दिउँसो साढे ४ बजे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्री दिन आनाकानी गरेपछि आज सो पार्टीभित्र निर्णायक छलफल हुने भएको छ ।
सत्तारुढ गठबन्धनभित्र भएको भागबण्डाअनुसार गृहमन्त्री आफूहरूले नै पाउनुपर्ने रास्वपाको अडान छ । सभापति रवि लामिछाने सो मन्त्रालयमा फर्किन दौडधुप गरिरहेका छन् । तर, प्रधानमन्त्रीका तर्फबाट सकारात्मक संकेत नआएपछि सरकारबाट हट्ने मनस्थितिमा रवि पुगेको स्रोत बताउँछ ।

रास्वपाले गृहमन्त्रालयको विकल्पका अर्को मन्त्रालय नस्वीकार्ने बताइसकेको छ । साथै गृहमा कसलाई मन्त्री बनाउने भन्ने निर्णय लिने अधिकार पार्टीसँगै रहने उसको भनाइ छ । तर, प्रचण्ड रविलाई गृहमन्त्री बनाउन तयार छैनन् । गृहमन्त्रालय माओवादीसँगै राख्ने रणनीति उनको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार