राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै छ ।

दिउँसो ३ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको आगामी कार्यक्रम र आसन्न केन्द्रीय कार्यसमिति बैठक लगायतका विषयमा छलफल हुने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

पछिल्लो समय गठबन्धनमा खटपट बढ्दै गएपछि राप्रपाले बैठक बोलाएको हो ।

गृह मन्त्रालयबाट रवि लामिछाने बाहिरिएपछि अहिले गठबन्धनमा नेताहरुबीच दुरी बढ्दै छ । माओवादीले गृह मन्त्रालय स्वतन्त्र पार्टीलाई दिन नसकिने बताइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार