न्युजिल्यान्डलाई ६६ रनमा अल आउट गर्दै भारतको इतिहासकै उत्कृष्ट जित

भारतले तेस्रो तथा अन्तिम टि२० आई खेलमा न्युजिल्यान्डमाथि १ सय ६८ रनको कीर्तिमानी जित हात पारेको छ । योसँगै तीन टि२० आई खेलको सिरिज भारतले २-१ ले जितेको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा गए राति भएको तेस्रो तथा अन्तिम खेलमा १६८ रनको फराकिलो जित निकाल्दै भारतले शृङ्खला हात पारेको हो ।

भारतले प्रस्तुत गरेको २३५ रनको लक्ष्य न्युजिल्यान्डले १२ दशमलव १ ओभरमा सबै विकेट गुमएर ६६ रनमात्र जोड्न सक्यो ।

भारतको यो टि२० आई इतिहासमा सर्वाधिक ठूलो अन्तरको जित हो । भारतको यसअघि आयरल्यान्डविरुद्ध १ सय ४३ रनको जित थियो । न्युजिल्यान्डको यो दोस्रो सबैभन्दा कम योगफल हो । यसअघि न्युजिल्यान्ड २०२१ मा बंगलादेश र २०१४ मा श्रीलंकासँग टि२० आई खेलमा समान ६० रनमा अल आउट भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार