सिटिजन्स बैंकको सिईओमा गणेश पोखरेललाई पुनः नियुक्ती

सिटिजन बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा गणेशराज पोखरेल पुन: नियूक्त  भएका छन् ।

बैंकको सञ्चालक समितिले पोखरेललाई ४ वर्षे कार्यकालका लागि पुन: र्नियुक्ति दिएको हो ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार कुनै पनि बैंकमा दुई कार्यकालसम्म सीईओ बन्न मिल्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार पोखरेललाई दोस्रो कार्यकालका लागि पुनर्नियुक्ति दिइएको बैंकले जनाएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार