नेपालको भूमि कसैका विरुद्ध प्रयोग हुने छैन : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुकहरुसँग कुनै कार्ड नखेल्ने बताएका छन् । नेपालको भूमि कसैका विरुद्ध प्रयोग हुन नदिने र उनीहरुको जायज चासो– चिन्तालाई सम्बोधन गरेर अगाडि जाने उनले बताए ।

नेपालको भूमि कसैका विरुद्ध प्रयोग हुन नदिने र कुनै सैन्य गतिविधिमा सामेल नहुने उनले बताए । ओलीले भने, ‘दुइटा छिमेकीसँग कार्ड खेल्ने होइन हामीले भनेका छौं । हाम्रो अभ्यास पनि त्यस प्रकारको होइन । हाम्रो सार्वभौमसत्ता, स्वतन्त्रतामा कुनै सम्झौता गर्दैनौं । पारस्परिक लाभ र सम्मानका आधारमा सम्बन्ध कायम गर्छौं ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार