भुईं मान्छेको पक्षमा निर्णायक भूमिका खेल्नेछु : इन्दिरा

काठमाडौं । उपसभामुखकी उम्मेदवार इन्दिरा राना मगरले आम नागरिकका पक्षमा हुने काममा निर्णायक भूमिका खेल्ने प्रतिबद्धता जनाएकी छिन् ।

संसद भवन सिंहदरबारमा उपसभामुखको उम्मेदवारी दर्ता गराएपछि पत्रकारसित कुरा गर्दै उनले आफ्नो पार्टी र सत्ता गठबन्धनका दलले आफूलाई यो जिम्मेवारी दिन लागेको बताइन् ।

कैद भुक्तान गरिरहेका आमासँगै कारागार पुगेका तथा त्यहीं जन्मिएका बालबालिकाको शिक्षादीक्षामा काम गर्दै आएकी उनले भनिन्, ‘म सधैं सडकमा कराइरहने भुईं मान्छे सबैको साथ पाएर यो ठाउँमा पुग्न लागेकी छु, भुईं मान्छेकै पक्षमा निर्णायक भूमिका खेल्नेछु ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार