मृत्युपश्चात् शरीरका सबै अंग दानको प्रधानमन्त्री घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मृत्युपश्चात् शरीरका सबै अंग दानको घोषणा गरेका छन् । शुक्रबार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले शरीरका सबै अंग दान गर्ने घोषणा गरेका हुन् ।

अंग दानको घोषणा गर्दै उनले भने, ‘मृत्युपश्चात् आफ्नो सम्पूर्ण शरीर अंग प्रत्यारोपणका लागि दान गर्ने घोषणा गर्दछु। यसले अंग प्रत्यारोपणका क्षेत्रमा सिंगो देश र जनसमुदायलाई सकारात्मक प्रेरणा मिल्ने विश्वास लिएको छु।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार