प्रतिनिधिसभाका सभामुख घिमिरेको शपथ बिहान ११ बजे

काठमाडौँ – सभामुख देवराज घिमिरेले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । शुक्रबार बिहान ११ बजे शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिने तयारी छ ।

शपथ लिएलगत्तै उनी लैनचौरस्थित सहिद स्तम्भमा माल्यार्पण गर्न जाने छन् । त्यसपछि साढे १२ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा पुगेर उनले पदभार सम्हाल्ने कार्यक्रम छ ।

घिमिरे बिहीबारको प्रतिनिधिसभा बैठकबाट निर्वाचित भएका थिए । दुई सय ६८ सांसद उपस्थित भएकामा उनले एक सय ६७ मत प्राप्त गरेका थिए । उनको विपक्षमा एक सय मत परेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार