डिएचआईको टेक्नोलोजी पार्टनरमा ताइवानकाे स्यान्डमार्टिन इन्टरनेशनल होल्डिङ्ग

पछिल्लो समय नेपालमा घरेलु तथा विभिन्न विधुतिय उपकरणहरु विक्रि वितरण गर्दै आएको डिएचआईले छोटो समयमानै नेपाली ग्राहकहरु माझ आफ्नो छुटै पहिचान वनाउन सफल भएको छ । नेपाली वजारमा लामो समय देखि सेटटप वक्स मात्र निर्माण गरिरहेको यो कम्पनीले नेपाली वजारमा गुणस्तरिय ग्राहकलाई आवश्यक सम्पुर्ण विधुतिय उपकरणहरु उत्पादन तथा विक्रिवितरण गर्न थालेको हो ।

पछिल्लो समय नेपालमा आफ्नो व्यवसायलाई विस्तार संगै गुणस्तरिय विधुतिय उपकरण उत्पादन र विक्रिवितरण गर्नको लागि ताईवानको स्याण्डमार्टीन इन्टरनेश्नल होल्डिंग लिमिटेडलाई टेक्नोलोजी पार्टनरको रुपमा भित्राउन डिएचआई सफल भएको छ । यो सम्झौता पश्चात डिएचआई टेक्नोलोजी र नेपालमा विधुतिय उपकरण निर्माणको गतिलाई अर्काे स्तरमा लैजान मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार