सभामुखमा देवराज घिमिरेको जित निश्चित

काठमाडौँ – सभामुखमा सत्ता साझेदार दलका साझा उम्मेदवार देवराज घिमिरे निर्वाचित हुने निश्चित देखिएको छ। सभामुखको निर्वाचन केहीबेरपछि हुँदैछ।

घिमिरेको पक्षमा एमालेका ७७, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्रब पार्टी (रास्वपा)का २०, राप्रपा १४, जनता समाजवादी पार्टी (जसपा) १२, जनमत पार्टी ६, नागरिक उन्मुक्ति पार्टी ४ छन्। यस्तै स्वतन्त्र तीन सांसदले पनि घिमिरेकै पक्षमा उभिदा १५६ हुने देखिन्छ । संसदमा २७५ सदस्य छन्।

नेपाली कांग्रेसबाट सभामुख उम्मेदवार ईश्वरीदेवी न्यौपानेको पक्षमा नेपाली कांग्रेस ८८ एकीकृत समाजवादी १०, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०४ उभिएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार