सीके राउतले संसदमा गराए मौन धारण

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेश आन्दोलनमा शहीद भएकाहरुको सम्झनामा संसदमा मौनधारण गराएका छन् ।

प्रतिनिधिसभामा सभामुखको निर्वाचन भइरहेको छ । सत्तारुढ गठबन्धनबाट एमालेका देवराज घिमिरे र कांग्रेसबाट ईश्वरी न्यौपाने उम्मेदवार छन् ।

मतदानअघि संसदमा भएको छलफलमा भाग लिँदै राउतले मधेशी र थारु समुदायलाई भित्तामा धकेलेर राष्ट्रिय सहमतिको नारा दिएको भन्दै असन्तुष्टि जनाए ।

मधेश आन्दोलनमा मृत्यु भएकाहरुलाई राज्यले शहीद घोषणा गरेको, तर संसदले नसम्झिएको भन्दै राउतले विरोध जनाए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार