धौलागिरिमा बेपत्ता दुई युवाको शव तीन महिनापछि फेला

काठमाडौं । पर्वतीय पदयात्राका क्रममा धौलागिरि हिमाल क्षेत्रमा लडेर बेपत्ता दुई युवाको शव तीन महिनापछि फेला परेको छ ।फोर सिजन माउन्टेन ट्रेकबाट असोजमा धौलागिरि क्षेत्रको पदयात्रामा गएका सिन्धुपाल्चोका २८ वर्षीय देव लामा र सोलुखुम्बुका २७ वर्षीय बालकुमार कार्कीको शव तीन महिनापछि फेला परेको हो ।

पर्वतीय पर्यटन व्यवसायीको साझा संस्था ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)को पहलमा फोर सिजन माउन्टेन ट्रेक्सले गएको असोज २१ गते धौलागिरि हिमालको खरपासमा खसेर बेपत्ता भएका मध्ये कार्कीको शव बुधबार काठमाडौं ल्याइएको हो ।मृतक लामाको शव भने फेला परे पनि ल्याउन समस्या भएको फोर सिजन माउन्टेन ट्रेक्सका सञ्चालक वसन्त लिम्बूले बताए ।

हिमपात भएको बेला बेपत्ता बनेका कार्की र लामाको शव हिउँ पग्लँदै गएपछि फेला परेको हो । कार्कीको शव एयर डाइनेस्टिक  हेलिकोप्टरमार्फत पोखरा ल्याई त्यहाँबाट शववाहनमार्फत काठमाडौं ल्याइएको टानका अध्यक्ष निलहरि बाँस्तोलाले जानकारी दिए ।

लामाको शव पनि ल्याउनका लागि आज बिहानैदेखि प्रयास भइरहेको उनको भनाइ छ ।मृतक कार्कीको शवलाई हाल परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार