सभामुख निर्वाचनका लागि काँग्रेसले जारी गर्‍यो ह्विप

काठमाडौँ : नेपाली काँग्रेसले सभामुखको निर्वाचनमा आफ्ना उम्मेदवारलाई मत दिन ह्विप जारी गरेको छ।

माघ ५ गते प्रतिनिधि सभा बैठकमा सभामुखको निर्वाचन हुँदै छ। उक्त बैठकमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सबै सांसदलाई अनिवार्य उपस्थित भई तटस्थ नरही ईश्वरीदेवी न्यौपानेलाई मतदान गर्न भनिएको छ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले उक्त ह्विप जारी गरेका हुन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार