कांग्रेसले राष्ट्रपति पाउने विश्वप्रकाशको दाबी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले राष्ट्रपति पाउने दाबी गरेका छन् ।उनले आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने दाबी गरेका हुन् ।

वर्तमान सत्तारुढ गठबन्धनबीच राष्ट्रपति र सभामुख एमालेले पाउने सहमति छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजोको सर्वदलीय बैठकमा संवैधानिक पदहरूमा सबै दलहरूबीच सहमति कायम गर्ने प्रस्ताव गरेका थिए । महामन्त्री शर्माले कुनै व्याख्या नगरी कांग्रेसद्वारा प्रस्तावित व्यक्ति राष्ट्रपति बन्ने बताएका हुन् ।

‘राष्ट्रपति नेपाली कांग्रेस पार्टीले प्रस्ताव गरे बमोजिमको बन्नुहुनेछ,’ शर्माले भने । प्रचण्डले यस विषयमा सकारात्मक जवाफ दिनुभएको हो ? भन्ने पत्रकारको प्रश्नमा शर्माले जवाफ दिए, ‘अहिलेलाई यतिमात्रै कुरा गरौं । धेरै टिप्पणी गर्नु उचित हुँदैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार