यशोदा न्यौपाने बनिन् कर्णाली उपसभामुख

सुर्खेत : कर्णाली प्रदेशसभाको आज भएको उपसभामुख पदको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) की यशोदा न्यौपाने विजयी भएकी छिन्। ४० सदस्यीय प्रदेशसभा सदस्य रहेको कर्णाली प्रदेशसभामा आज भएको मत विभाजन प्रक्रियामा ३८ प्रदेशसभा सदस्य सहभागी थिए।

ती प्रदेशसभा सदस्यमध्ये उनको पक्षमा २४ र विपक्षमा १४ मत खसेको थियो। यो मतसँगै सभामुख नन्दा गुरुङले प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेकी हुन्। न्यौपाने निर्वाचित हुनका लागि प्रदेशसभा सदस्य संख्याको बहुमत अर्थात् २१ मत चाहिन्थ्यो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार