झन्डै ३ वर्षपछि काठमाण्डौ–बेइजिङ सिधा हवाई उडान सुरु

काठमाण्डौ – झन्डै तीन वर्षदेखि रोकिएको काठमाण्डौ–बेइजिङ सिधा हवाई उडान फेरि सुरु भएको छ । सन् २०२० को मार्चपछि हिजो मङ्गलवार पहिलो पटक हिमालय एअरलाइन्सले काठमाण्डौ–बेइजिङ उडान गरेको हो ।

चीनले कोरोना महामारीका कारण तीन वर्षसम्म काठमाण्डौ–बेइजिङमा उडानको अनुमति दिएको थिएन । अब हिमालय एअरलाइन्सले विश्वकै प्रख्यात बेइजिङको डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने जनाएको छ ।

आउँदो फेब्रुअरी ११ तारिखदेखि हरेक शनिवार काठमाण्डौ–बेइजिङ उडान हुने एअरलाइन्सले जानकारी दिएको छ । यो रुटमा उडानको अवधि तीन घण्टा ४८ मिनेटको रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार