सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौा – नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। छापावाल सुनको मूल्य आज प्रतितोला छ सय रुपैयाँले घटेर एक लाख चार हजार पाँच सय तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार कायम भएको छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर एक हजार तीन सय ७५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार