मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै

काठमाडौं : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन्। प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवकाअनुसार मुख्यमन्त्री यादवले आज विहान ११ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।

१ सय ३ सांसद रहेको मधेस प्रदेशमा मुख्यमन्त्री यादवलाई नेकपा एमालेका २३, जसपाका १६, जनमतका १३, लोकतान्त्रिक समाजवादी पार्टीका ९, माओवादीका ७, नेपाल संघीय समाजवादी पार्टीका १, राष्ट्रिय प्रजातन्त्र पार्टीका १, स्वतन्त्र सांसदद्वय अनिरुद्ध सिंह र सुरिता साहसहित ७२ सांसदले समर्थन गरेका छन् ।

मधेस प्रदेशमा २२ सांसद रहेको कांग्रेसले पनि मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निश्चित भएको छ। मधेसका मुख्यमन्त्री यादव नेपाली कांग्रेसको मधेस प्रदेश कार्यालय पुगेर विश्वासको मत दिन लिखित रुपमै आग्रह गर्दै कांग्रेस मधेस प्रदेशका सभापति तथा संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई पत्र नै बुझाएका थिए।

मधेशको सभामुखमा एमालेका रामचन्द्र मण्डल र उपसभामुखमा जनमत पार्टीकी बबिताकुमारी राउत ईशर निर्वाचित भइसकेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार