हेर्नुहोस तपाईको आजको राशिफल

२०७९ माघ ४ गते बुधवार, १८ जनवरी २०२३। माघ कृष्णपक्ष एकादशी तिथि, ११ः१७ बजेदेखि द्वादशी। अनुराधा नक्षत्र, १३ः३३ बजेदेखि ज्येष्ठा। चन्द्रराशि– वृश्चिक।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ। शुभचिन्तकहरूको साथ जुट्नाले पछि फाइदा हुने काम भने प्रारम्भ गर्न सकिनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
बोल्दा  ख्याल गर्नुपर्ने देखिन्छ। राजनीतिमा फाइदा भए पनि प्रेममा धोका पाइने छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। साथीभाइको सहयोगले आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ।  मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
उन्नति प्रगति हुने देखिन्छ। अपरिचितबाट राम्रो साथ मिल्नेछ।  कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आजको दिन  अधुरा काम बन्नेछन्। प्रेममा सफलता मिल्नेछ। स्वदेशी भन्दा विदेशी लगानीबाट फाइदा हुनेछ। अप्रिय समाचारले मन खिन्न तुल्याउन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
हिस्सेदारसँग असमझदारी बढ्नेछ। साइनाे गाँसी नजिकिनेहरूले धाेका दिनेछन्, सजग रहनुहोला। ढिलासुस्तीले हातमा आएको मौका गुम्न सक्छ। नयाँ काम थाल्न उपयुक्त साइत पर्खनुहोला। कमजाेर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। अधुरा काममा पहिलेकै समस्या दोहोरिन सक्छन्। मिहिनेतले स्थितिमा सकारात्मक परिवर्तन ल्याउनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
दिन निक्कै राम्रो छ। अधुरा काम बन्नेछन्। आफ्नै काममा सफलता मिल्नेछ। पारिवारिक सहयोग मिल्नेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूबाट सावधान रहनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
दिन राम्रो छ। रोगले सताउने देखिन्छ। विद्याको क्षेत्र तपाईंलाई फाइदा हुनेछ। प्रेम बढ्नेछ। अर्थ उपार्जनका केही स्रोत फेला पर्नेछन्।  आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ, सजग रहनुहोला।

वृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
अधुरा काम बन्नेछन्। राजनीतिक संगठनबाट राम्रो सहयोग मिल्ने देखिन्छ। गणेश भगवानलाई सम्झिएर काम गरे सफलता मिल्नेछ।महत्त्वाकांक्षी कार्य प्रारम्भ हुनेछ। रमाइलो जमघटमा सहभागी हुने अवसर जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्व आकर्षित तुल्याउन सकिनेछ। खानपानको असावधानीले स्वास्थ्य बिग्रनेछ।  शुभचिन्तकहरूको राय लिएर अघि बढ्नुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
दिन सामान्य छ। बोलीमा मिठास मिल्नेछ। स्वास्थ्यमा समस्या देखिनसक्छ। सोचेकका काममा बाधा व्यावधान हुने देखिन्छ। समयमा होस नपुग्नाले खर्च बढ्नेछ। ठूलो प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ। तर खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला। परिवारजनबाट समेत टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। आफ्नै कमजोरीले विवाद निम्त्याउला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
दिन सामान्य राम्रो छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। श्रमको उच्च मूल्यांकन हुनाले आम्दानी पनि बढ्नेछ। व्यापारमा लाभांश बढ्नाले मन उत्साहित हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्।  प्रयत्न गर्दा मनग्य रकम हातलागी हुनेछ।

कुम्भ –  गु, गे, गो, सा, सि, सु, से, सो, द
दिन सामान्य छ। खर्च हुने देखिन्छ। रोग बढ्नसक्छ। घाटा हुँदा धेरै ठूलो हुने भएकाले सचेत भएर काम गर्नुहोला। पारिवारिक मतभेदले चिताएका काममा बाधा पर्नेछ। आश्वासन बाँड्नेहरूले प्रतिज्ञा पूरा नगर्न सक्छन्। पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। परिस्थिति त्यति अनुकूल नरहला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। अरूका काममा समय बित्न सक्छ।

मीन  – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आजको दिन राम्रो छ। अधुरा काम बन्नेछन्। गणेश भगवानको सम्झना गर्दा फाइदा हुनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। परिश्रमले धेरैको मन जित्न सकिनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। स्वास्थ्य भने कमजोर रहनेछ, सावधान रहनुहोला ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार