राष्ट्रपति र सभामुखबारे सत्ता गठबन्धनसँग छलफल गर्न कांग्रेस तयार

काठमाडौं । राष्ट्रपति र सभामुख निर्वाचनबारेमा सत्ता गठबन्धनसँग छलफल गर्न कांग्रेस तयार भएको जानकारी गराएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा कांग्रेसले आफू छलफलका लागि तयार रहेको बताएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्रीले राष्ट्रपति र सभामुखको निर्वाचनमा पनि मिलेर जान प्रस्ताव गरेको कांग्रेस नेता रमेश लेखकले बताए ।उनले आफूहरुले कांग्रेस नै प्रमुख प्रतिपक्ष दल भएको जानकारी गराएको समेत बताए ।

सर्वदलीय बैठकमा उनले भने, ‘हामी प्रमुख प्रतिपक्ष दलको हैसियतले आएका छौं । प्रधानमन्त्रीले छलफल गर्न चाहानुभयो भने हामी तयार छौं नै भन्यौँ । प्रधानमन्त्रीले बिषय प्रवेश गराउनुभएको छ । तर, कुनै सहमति भएन । हामीले हाम्रो दृष्टिकोण राखेका छौैं ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार