बालुवाटारमा सर्वदलीय बैठक सुरु

'सभामुखको निर्वाचनलगायतका विषयमा छलफल हुने'

काठमाडौं । बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आव्हानमा बसेको बैठकमा माघ ५ गते हुने सभामुखको निर्वाचनका लागि सहमति जुटाउन प्रयास हुनेछ ।

बैठकमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, संसदीय दलका मुख्य सचेतक रमेश लेखक छन् ।

त्यसैगरी एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल छन् । नेसपाका अध्यक्ष बाबुराम भट्टराई, सञ्चारमन्त्री रेखा शर्मा, र गृहमन्त्री रवि लामिछाने लगायतका नेताहरू पनि सहभागी रहेका छन् ।

बैठकमा खासगरी सरकारमा सहभागी दलहरूलाई बोलाइएको छ । बैठकमा खासगरी सरकारमा सहभागी दलहरूलाई बोलाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार