प्रचण्ड नेतृत्वको सरकार : यस्तो छ मन्त्रीहरूको वरियता र कार्य विभाजन (सूचीसहित)

'नवनियुक्त १२ मन्त्री र तीन राज्यमन्त्रीले लिए शपथ'

काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई शपथग्रहण गराएकी छन्। राष्ट्रपति भण्डारीले शीतल निवासमा १२ जना मन्त्री र तीन जना राज्यमन्त्रीलाई शपथग्रहण गराएकी हुन्।

रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधि मन्त्री, सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, डा। विमला राई परराष्ट्र मन्त्रालय, पदम गिरी स्वास्थ्य मन्त्रालय, हरि उप्रेती रक्षा मन्त्रालय, भगवती चौधरीले महिला तथा बालबालिका मन्त्री, शिशिर खनाल, शिक्षा, डिपी अर्याल, श्रम तथा रोजगारमन्त्री, राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जामन्त्री, विक्रम पाण्डे, शहरी विकास र ध्रूव प्रधान कानुनमन्त्रीले शपथग्रहण गरेका हुन्।

राज्यमन्त्रीहरू दीपकबहादुर सिंहले उर्जा मन्त्रालय, सुशीला श्रीपालीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र डा तोसिमा कार्कीले स्वास्थ्य मन्त्रालयको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष शपथ लिएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्य विभाजन गरकी हुन् ।

 

प्रचण्ड सरकारमा चार जना उपप्रधानमन्त्री

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको संख्या चार पुगेको छ । अघिल्लो शेरबहादुर देउवा नेतृत्वको सरकारमा एकजना पनि उपप्रधानमन्त्री नियुक्त भएका थिएनन् । तर, वर्तमान सातदलीय गठबन्धनबाट चार उपप्रधानमन्त्री बनेका हुन् ।

वर्तमान सरकारमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाबाट एक–एकजना उपप्रधानमन्त्री नियुक्त भएका हुन् । एमालेबाट उपप्रधानसहित अर्थमन्त्री विष्णु पौडेल, माओवादीबाट उपप्रधानसहित भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ, रास्वपाबाट उपप्रधानसहित गृहमन्त्री रवि लामिछाने र राप्रपाबाट उपप्रधानसहित ऊर्जामन्त्री राजेन्द्र लिङदेन छन् ।

अझै जनता समाजवादी पार्टीबाट सरकारमा प्रतिनिधित्व हुन बाँकी छ । यदि जसपा पनि सरकारमा गए थप एक उपप्रधानमन्त्री बनाउनुपर्ने अवस्था छ ।

गृहमन्त्री रवि लामिछानेले विगतमा सञ्चारकर्मी हुँदा टेलिभिजनमा धेरै उपप्रधानमन्त्री बनाएर मजाक गरेको भन्दै आपत्ति जनाएका थिए । तर, अहिले उनी आफैं एमाले र माओवादी नेताहरुलाई घुर्की लगाएर उपप्रधानमन्त्री बन्न सफल भएका छन् । विगतमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा उपप्रधानमन्त्रीको संख्या सात बनाइएको थियो ।

मन्त्रीहरूको वरियता र कार्य विभाजन

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार