निगमको सुधार बाघको घोडा चढ्नु जस्तै हो, तर, म त्यो आँट गर्छु : मन्त्री किराती

'निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घाेषणा'

काठमाडौं । पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणलाई अगाडि बढाउने बताएका छन् ।

मंगलबार पर्यटन मन्त्रालयमा पदबहाली गर्दै उनले तीब्र गतिमा आयोजना निर्माण अगाडि बढाउने बताए । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल गेम चेन्जर भएको भन्दै उनले निजगढमा विमानस्थल बन्ने बताए ।

नेपाल वायुसेवा निगमको सुधार बाघको घोडा चढ्नु जस्तै भएको उनले बताए । ‘निगमको सुधार बाघको घोडा चढ्नु जस्तै हो, तर, म त्यो आँट गर्छु,’ उनले भने, ‘सुधारबारे छलफल अघि बढाउँछौं । विज्ञ, मन्त्रालय र जनतासँग सोधेर यसबारे निर्णय पनि लिन्छौं ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार