कालिन्चोक दर्शन लिमिटेडको आईपीओ बिक्री खुला

काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडले मंगलबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो ।

योमध्ये १० प्रतिशत अर्थात् एक लाख आठ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ । यस्तै, ५ प्रतिशत अर्थात् ५४ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् २१ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ ।

सर्वसाधारणले बाँकी आठ लाख ९६ हजार चार सय कित्ताका लागि आवेदन दिन सक्नेछन् । केयर रेटिङ नेपालले कालिन्चोक दर्शनलाई ‘केयर एनपी डबल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ । आवेदन ६ माघसम्म दिन सकिनेछ ।

उक्त अवधिमा सबै सेयर बिक्री नभएमा भने १७ माघसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम चार हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार