राप्रपाले टुंग्यायो मन्त्री बन्नेहरुको नामावली

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा दुई मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी हुने भएका हुन्।​

लिङ्देन उपप्रधानमन्त्रीसहित ऊर्जा मन्त्री बन्ने भएका छन्। ध्रुवबहादुर प्रधान कानून न्याय तथा संसदीय मामिला मन्त्री र विक्रम पाण्डे सहरी विकास मन्त्री बन्ने प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए। साथै दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री बन्ने भएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार