माओवादीले टुंग्यायो तीन मन्त्रीको नाम

रेखा शर्मा, अमनलाल मोदी, सुदन किराँती मन्त्री बन्ने

काठमाडौँ — माओवादी केन्द्रका तर्फबाट रेखा शर्मा, अमनलाल मोदी, सुदन किराँती मन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रको मंगलबार बिहान बसेको पदाधिकारीहरुको अनौपचारिक बैठकले मन्त्रीहरुको नाम टुंगाएको हो ।

मन्त्रिमण्डलमा सामेल हुनेहरुको नामको टुंगो लागे पनि कसलाई कुन मन्त्रालय दिने भन्ने विषयमा भने निर्णय हुन बाँकी नै रहेको जानकारी प्राप्त भएको छ ।

सत्ता गठबन्धनको भागबण्डामा माओवादीले प्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात, सूचना सञ्चार तथा प्रविधि, संस्कृति पर्यटन तथा नागरिक उड्‍ययन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाउने टुंगो भएको हो । यसअघि नै भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा नारायणकाजी श्रेष्ठलाई दिइसकिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार