सुदन किराँती पर्यटन मन्त्री बन्ने पक्का

काठमाडौं । माओवादी केन्द्रबाट रेखा शर्मा र सुदन किराँती मन्त्री बन्ने भएका छन् । तेस्रो मन्त्रीको नाम भने टुंगिन बाँकी रहेको माओवादीका नेताहरुले बताएका छन् ।

सत्ता गठबन्धनमा भएको भागवण्डामा माओवादीको भागमा चार वटा मन्त्रालय परेको छ । उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् । दाङ २ बाट निर्वाचित रेखा शर्मा सूचना तथा सञ्चारमन्त्री बन्ने भएकी छन् ।

भोजपुरबाट निर्वाचित सुदन किरातीले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार