मंगलबार मन्त्रिपरिषद् विस्तार हुने, नयाँ मन्त्रीहरुको सपथ दिउँसो १ बजे

सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डा टुंगिएको छ । मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रयास स्वरुप प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता साझेदार दलको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएको गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।

उनले भागबण्डा टुंगिएसँगै मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको र मन्त्रीहरुको शपथ दिउँसो १ बजेका लागि तय भएको जानकारी दिएका छन् ।

‘कुन कुन पार्टीले कुन कुन मन्त्रालय लिने भनेर टुंगिएको छ । बाँडफाँट टुंग्याएका छौै । भोलि एक बजे अघि टुंग्याउँछौ । केही चेन्ज भएछ भने सल्लाहमा हुन सक्ला’, मन्त्री लामिछानेले बालुवाटार बैठकपछि सञ्चारकर्मीलाई बताए ।

बालुवाटारमा सुरु भएको बैठक एमाले अध्यक्ष ओली, रास्वपा सभापति रवि लामिछाने, जसपा अध्यक्ष उपेन्द्र यादव र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपस्थित रहेका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार