बालुवाटारमा सत्ता साझेदार दलको बैठक जारी

मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रयास स्वरुप प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता साझेदार दलको बैठक सोमबार राति अबेरसम्म जारी छ । साँझ पौने ६ बजेदेखि सुरु भएको बैठक जारी रहेको हो । बैठकमा मन्त्रीको टुंगो लगाउनुका साथै सभामुख, उपराष्ट्रपतिको चयनलगायतका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ ।

बालुवाटारमा सुरु भएको बैठक एमाले अध्यक्ष ओली, रास्वपा सभापति रवि लामिछाने, जसपा अध्यक्ष उपेन्द्र यादव र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपस्थित रहेका छन् ।

प्रधानमन्त्री र एमाले ओलीबीच सोमबार बिहान बालकोटमा भएको छलफलपछि गठबन्धनको बैठक बसेको हो । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्षबी बिहान भएको सहमतिमा एमाले २ राज्यमन्त्रीसहित ८ मन्त्रालय पाउने तय भएको बताइएको छ । त्यसैगरी माओवादी केन्द्रले ४ मन्त्रालय, राष्ट्रिय स्वतन्त्र पार्टीले ३, राप्रपा र जसपाले २-२ मन्त्रालय पाउने भएको छ ।

त्यसैगरी लोसपाले १ र नेकपा एकीकृत समाजवादी सरकारमा आए रोजेको मन्त्रालय पाउने बताइएको छ । दाहाल पुस १० गते प्रधानमन्त्री भए पनि हालसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सकेको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार