यती विमान दुर्घटना : सदाकत अलिमियाको शव परिवारले बुझे

यती एयरको विमान दुर्घटनामा परि निधन भएका पोखरा १३ का सदाकत अलिमियाको शव परिवारले बुझेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी मेडिकल कलेजमा पोस्टमार्टम गरेपछि उनको शव परिवारलाई बुझाइएको हो ।

पोखरामा व्यापार व्यवसाय गर्दै आएका सदाकत सानिमालाई काठमाडौंमा पुर्‍याएर फर्कने क्रममा दुर्घटनामा परेका थिए । २६ वर्षीय उनको मुस्लिम परम्पराअनुसार अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।

आइतबार बिहान १०:३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर७२ जहाज करिव ११ बजेको आसपासमा पोखरा विमानस्थलबाट २ किलोमिटरको नजिकमा सेती नदीको खोंचमा दुर्घटनाग्रस्त भएको थियो । ७२ जना सवार विमानमाअहिलेसम्म ६९ मृत शरीर जम्मा गरिएको छ भने ३ जनाको खोजी कार्य जारी रहेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार