सत्ता साझेदार दलको बैठक बालुवाटारमा जारी

'मंगलवार नयाँ मन्त्रीहरुको सपथ गराउने तयारी'

काठमाडौं । मन्त्रिमण्डल विस्तार तथा भागबन्डा टुंगो लगाउन सत्ता साझेदार दलको बैठक जारी छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान तथा गृह मन्त्री रवी लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत उपस्थित रहेका छन् ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीविच भएको भेटवार्ता पछि सत्ता साझेदारको बैठक बोलाईएको हो । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीविच मन्त्रिपरिषद विस्तार गर्ने सहमति भइसकेको छ भने आज राष्ट्रिय शोक दिवस भएकाले सम्भवः नभएकाले भोली मंगलवार नयाँ मन्त्रीहरुको सपथ गराउने पनि अनौपचारिक सहमति भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार