सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्य सोमबार तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ ।

यसअघि, आइतबार छापावाल सुन तोलाको १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ ।

आइतबार, तेजावी सुनको मूल्य तोलाको १ लाख ४ हजार ५ सय रुपैयाँ निर्धारण भएको थियो । यता, सोमबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १४ सय रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य १३ सय ९० रुपैयाँ कायम रहेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार