सेती नदी खोँचमा भेटियाे ब्ल्याक बक्स

काठमाडौं : पोखराको सेती नदी खोँचमा दुर्घटना भएको यती एअरलाइन्सको विमानको भग्नावशेषमा ब्ल्याक बक्स भेटिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले ब्ल्याक बक्स सुरक्षित भेटिएको बताए। उनले भने, ‘ब्ल्याक बक्स सुरक्षित रूपमै भेटिएको छ। विमानको पछिल्लो भाग हिजो भेटिएको थिएन, आज त्यो भेटियो।’

काठमाडौंबाट पोखरा पुगेको उक्त विमान घारीपाटनस्थित मानव बस्तीबाट करिब २०० मिटर मात्रै पर सेती नदीको खोँचमा खसेको हो।

विमानमा सवार कुल ७२ जनामध्ये ६८ जनाको शव भेटिएको छ भने हराइरहेका चार जनाको खोजी भइरहेको छ

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार