बालकोटमा ओली–प्रचण्डको लञ्च मिटिङ

'मन्त्रिपरिषद विस्तारका साथै सभामुख र राष्ट्रपति निर्वाचनको बारेमा छलफल'

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। ओलीलाई भेट्ने केहीबेरअघि बालकोट पुगेको ओलीको सचिवालयले जनाएको छ। बालुवाटार पटक पटक छलफल भइरहेकोमा आज प्रचण्ड आफै बालकोट पुगेका हुन्।

भेटमा मन्त्रिपरिषद विस्तारका सार्थ सभामुख र राष्ट्रपतिको निर्वाचनको विषयमा छलफल भइरहेको छ ।प्रधानमन्त्री प्रचण्ड प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि दोस्रो पटक बालकोट पुगेका हुन्।

प्रचण्ड आज बालकोटमै दिवा भोजपछि फर्किने छन्। दुई नेताबीच आपसी विश्वासको साथ मन्त्रिपरिषद्लाई पूर्णता दिने, राष्ट्रपति र सभामुख निर्वाचनको बारेमा समेत छलफल हुने बताइएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार