रियललाई हराउँदै बार्सिलोनाले जित्यो सुपर कपको उपाधि

काठमाडौं । बार्सिलोनाले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा रियल मड्रिडलाई ३-१ गोल अन्तरले हराउँदै बार्सिलोना च्याम्पियन बनेको हो ।

बार्सिलोनाको जितमा गाभी, रोबर्ट लेवान्डोस्की र पेड्रीले एक एक गोल गरे । रियलका करिम बेन्जिमाले एक गोल फर्काए ।

खेलको ३३ औं मिनेटमा गाभीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए । ४५ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।

खेलको ६९ औं मिनेटमा पेड्रीले गोल गर्दा बार्सिलोनाको अग्रता ३-० को बन्यो । त्यसपछि खेलको इन्जुरी समयमा बेन्जिमाले एक गोल फर्काएपनि बार्सिलोना ३-१ ले विजयी हुँदै च्याम्पियन बनेको हो ।

बार्सिलोनाले पाँच वर्षपछि सुपर कपको उपाधि जितेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार