पोखरा विमान दुर्घटनास्थलबाट अस्पताल पुगेका सबै मृत

कास्कीमा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेकामध्ये अस्पताल पुर्याइएका सबै ३६ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका प्रवक्ता डा.नारायण श्रेष्ठले दुर्घटनास्थलबाट निकालेर अस्पतालमा पुगेका सबैको मृत्यु भएको जानकारी दिएका छन । घटनास्थलमा रहेका प्रमुख जिल्ला अधिकारीका अनुसार हालसम्म ४५ जनालाई निकालिएको छ भने उनिहरुमध्ये ३६ जनालाई अस्पतालमा पठाईएको थियो । उनिहरु सबैको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । डा. श्रेष्ठले भने ‘अहिलेसम्म अस्पताल ल्याइएकामध्ये कोही पनि जिवित हुनुहुन्न। यति एयरलाईन्सको एटिआर विमानमा चालक दलका ४ सहित ७२ जना सवार थिए । काठमाण्डौबाट पोखराका लागि उडेको बिमान अवतरणको तयारी गदै गर्दा अनियन्त्रित भई सेति खोचमा दुर्घटनामा परेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार